सहिद तथा बेपत्ता परिवारलाई दार्मामा सम्मान

१६ फाल्गुन २०७८ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानको दार्मामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा अभिनन्दन गरेको छ ।

नेकपा दार्मा गाउँ कमिटीको आयोजना सोमबार वडा नम्बर ५ र ६ का जनयुद्धको क्रममा भएका सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा अभिनन्दन गरिएको हो 

अभिनन्दन कार्यक्रममा जिल्ला कमिटी सदस्य मदन चन्द, टंक केसी, प्रकाश गिरी लगाएको उपस्थिति रहेको थियोे ।

दल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालक मित्रमणी खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस