
२१ फाल्गुन २०७८ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पा परिवर्तन गाउँ कमिटीले सहिद बेपत्ता परिवारलाई सहिद सप्ताह को अबसरमा सम्मान तथा अभिनन्दन कार्यक्रम सप्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अथिती सहिद परिवारका केन्द्रिय सदस्य पूथ्वी बिक्रम डांगी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती डांगीले सहिदको सपना पूरा गर्न आफुहरु लागीपरेको र सहिदको सपना पूरा गर्ने बताएका छन ।
कार्यक्रमका बिशिस्ट अथिती परिवर्तन गाउपालिका का विशेष कमिटी सदस्य गणेशले बैज्ञानिक समाजवाद मार्फत आफुहरुले सहिदले देखेको देखायको सपनाहरू पूरा गर्ने बताएका छन ।
कार्यक्रममा अन्य अथितिहरु राष्ट्रिय जनमोर्चा रोल्पाका सदस्य के वी थापा अखिल शिक्षक संगठनका केन्द्रिय सदस्य एकराज डांगी मगर मुक्ति मोर्चाकि केन्द्रिय सदस्य पुष्पा घर्ती युवा संगठन रोल्पाका सदस्य राजकुमार बुढा अखिल महिला परिवर्तन गाउपालिकाकी उपाअध्यक्ष अन्जना बुढा अखिल क्रान्तिकारी बिद्यार्थी रोल्पाका सदस्य जीवन डांगी शिक्षक बिद्यार्थी पत्रकार लगायत स्थानीय हरुको उपस्तिथि रहेको थियो ।
परिवर्तन गाउकमिटी सदस्य भक्त रिजाल को सभा अध्यक्षमा भएको कार्यक्रमको सन्चालन युवा संगठन परिवर्तन गाउकमिटी अध्यक्ष राजेन्द्र कुमार डांगीले गरेका थिए ।