मदन भण्डारी स्पोर्ट्स एकेडेमी बागचौर नगरपालिकाको भेला सम्पन्न ।

२९ फल्गुण २०७८ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी बागचौर नगरपालिकाको प्रथम भेला सम्पन्न भयको छ ।
भेलाले प्रेम मल्लको अध्यक्षतामा ३९ सदस्य नगर कमिटी सदस्य गठन गरेको छ । जसको उपाध्यक्षमा तुल्सीराम डांगी सचीव सुदिप घर्ती मगर सहसचिव बिक्रम करला डाइमण्ड कोषाध्यक्षमा जानकी के सी रहेका छन ।
कार्यक्रमका प्रमुख अथिती तिलक मल्ल क्षितिज रहेका थिए कार्यक्रममा बोल्दै क्षितिज ले नेकपा एमाले युवा प्रेमी पार्टी भयको र एमाले मा युवाहरूको लहर रहेको बतायका छन ।
साथै एमाले सधै देश र जनताको पक्षमा काम गर्ने पार्टी भयको बताएका छन ।
यस्तै कार्यक्रमका बिशिस्ट अथिती चित्र रानाले एमालेले समग्र नेपालीको मर्म अनुसार काम गर्ने एक मात्र पार्टी भएको बतायका छन ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस