विप्लव नेतृत्वको नेकपाद्वारा मूल्य वृद्धिको विरोध प्रदर्शन

२५ चैत्र २०७८ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले मुल्य वृद्धिका विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

बिहीबार जनआन्दोलन दिवसको अवसरमा सल्यानको श्रीनगरमा नेकपाले विरोध र्याली सहित औपचारिक कार्यक्रम गरेको हो । श्रीनगरको बीच बजारबाट गएको र्याली सल्यान उद्योग वाणिज्य संघको हलमा गएका कार्यक्रममा परिणत भएको थियोे

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेलले सरकारले माफियाकरण भएकोले मुल्य वृद्धि बढिरहेको बताए । वर्तमान राज्यसत्ताले जनताको जीवनमा ढाड सेकिरहेको बताउँदै उनले दलदलको भुमरीमा सरकार रहेको बताए ।

नेपालमा धेरै आन्दोलनहरु भएपनि जनताको जीवन नबदलिएकोले अब आफुहरुको अभियालनले जनताका अधुरा सपनाहरू पूरा गर्ने बताए । उनले देशमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने र त्यसको लागि सरकारले जनमतसंग्रह गर्नुपर्ने बताए

त्यस्तै कार्यक्रम बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका विषेश कमिटी सदस्य लाेकपाल केसीले जनयुद्ध र जनआन्दाेलनले सहिद र नेपाली जनताको सपना अझै पुरा नभएको बताए । उनले पहिलेभन्दा केही परिवर्तन भएपनि जनतासँग जोडिएका कुराहरू पूरा हुन नसकेको बताए ।

उनले भने, ‘अहिलेको राज्यसत्तामा दलाल र राष्ट्रघातीहरु छन् । उनिहरुलाई गाउँगाउँ लखेट्नु पर्छ ।”

नेकपाका जिल्ला सेक्रेटरी नारायण चन्दकाे अध्यक्षतामा भएको कार्यक्रम केन्द्रीय सदस्य सविन, विषेष कमिटी सदस्य लाेकपाल, अनेमसंघ (क्रान्तिकारी ) कि केन्द्रीय सदस्य हेमन्ता, जिल्ला समिति सल्लाहकार गाेपाल, प्रदिपकाे उपस्थिति रहेको थियोे ।

जिल्ला कार्यलय सदस्य टंक प्रकाश केसीकाे स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन जिल्ला कार्यलय सदस्य मदन चन्दले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस