
२१ बैशाख, सल्यान :
बिरेन्द्र डि.सि । सल्यानको शारदा नगरपालिकाका मेयरका उम्मेद्बार प्रकाश भण्डारीको चुनावी घोषणा पत्र र प्रतिबद्धता पत्र सार्बजनिक भएको छ ।
घोषणापत्रमा नगरका प्रमुख स्थानहरुमा नगरबस संचालन देखि कोल्ड स्टोर निर्माणसम्म समेटिएको छ। शारदा नगरपालिकाका प्रमुख स्थानहरूमा नगरबस संचालनगरि जेष्ठ नागरिकका लागि निशुल्क सेवा दिने विद्यार्थीहरुका लागि ४५ प्रतिशत छुट सेवा प्रदान गरिने घोषणा पत्रमा उल्लेख छ।
अदुवाको क्षेत्र माल्नेटामा अदुवा प्रशोधन केन्द्रको स्थापना गर्ने तथा शित भण्डार केन्द्र (कोल्ड स्टोर) व्यवस्था गर्ने पनि भण्डारीको घोषणापत्रमा छ ।
खैराबाङ मन्दिरलाई पर्यटकिय केन्द्रको रुपमा विकसित गर्ने र ब्यबस्थित बाटोको निर्माण गर्ने, किसानका लागि ५० प्रतिशत बिधुत महसुल निशुल्क गर्ने घोषणा पत्रमा समेटीएको छ। नगरबासिलाई स्वास्थमा फिट राख्न सार्बजनिक ठाउँहरुमा खुल्ला फिटनेस पार्कको स्थापना गर्ने समेत समेटिएको छ।
नगरका प्रमुख वडा हरुमा सिसि क्यामरा जडानगरी नगर प्रहरीको ब्यबस्था गर्ने र शुन्य भ्रष्टाचार युक्त नगर निर्माण गर्ने घोषणा पत्रमा उल्लेख छ। त्यस्तै ज्येष्ठ नागरिक, एकल महिला, र अपाङ्गलाई घरघर र टोलटोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिने पनि भण्डारीको घोषणापत्रमा उल्लेख छ । हेर्नुस् घोषणापत्र