कांग्रेस बागचौर मेयरका उम्मेदवार जनकराज गौतमको घोषणापत्र सार्वजनिक -विद्यालयमा १ जना स्वास्थ्यकर्मी देखि जेहेन्दार विद्यार्थीहरुलाई ५० हजार अध्ययन खर्च ।

वैशाख २३, सल्यान ।
नेपाली कांग्रेसबाट बागचौर नगरपालिकाका मेयरका उम्मेदवार जनकराज गौतमको घोषणापत्र सार्वजनिक भएको छ ।
जनकराज गौतमले शिक्षा, स्वास्थ, कृषि, खेलकुद, संचार, पर्यटन, रोजगारी, पुर्वधार, सडक, खानेपानी, विद्युत लगाएका क्षेत्रलाई समेटर घोषणापत्र बनाएका छन् ।

घोषणापत्रमा प्रत्येक विद्यालयमा १ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्ने देखि मुख्य बजारहरुमा इन्टरनेटको व्यवस्था गरिनेसम्मको रहेको छ ।

त्यस्तै नगरका विभिन्न स्थानहरुमा कृषि उपजकाे भण्डारका लागि चिस्यान केन्द्र स्थापना गरिने घाेषणापत्रमा छ । हेर्नहाेस् घाेषणापत्र

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस