कांग्रेसको सरकार भए १ वडामा एम्बुलेन्स, घरघरमा खानेपानी मेयरका उम्मेद्बार जनकराज गौतम

बैशाख – २६ सल्यान ।
बागचौर नगरपालिकामा नेपाली कांग्रेसको सरकार भएपछि वडा न १ को कोटबेतलाई प्रतेक टोलका घरघरमा खानेपानी र वडा न १ एम्बुलेन्स उपलब्ध गराउने,बिजुली नपुगेको गाउँमा बिजुली पुर्याउने मेयर पदका उम्मेद्बार जनकराज गौतमले प्रतिबद्धता गरेका छन् ।
आज नेपाली काग्रेसको चुनावी सभा लाई सम्बोधन गर्दै गौतमले बागचौरलाई बिकास र समृद्धिको दिशामा लिई नमूना नगरपालिका बनाउने सपना बोकेको भन्दै अहिले बागचौरमा काग्रेसभन्दा अरुको विकल्प नभएकाले बागचौर नगरबासी १२ वटै वडाका जनताले आफुलाई जिताउनेमा आफू ढुक्क भएको बताए ।
उपप्रमुख पदकी उम्मेद्बार दिपा बस्नेत के सिले इतिहासमा नेपालमा नेपाली काङ्ग्रेसले धेरै परिवर्तन गरेकाले बागचौरको बिकास तिब्र गति तथा शुसासनमा कायम हुने भएकाले रुख चिन्हमा मतदान गर्न आग्रह गरिन ।
उक्त चुनावी सभामा नेपाली काग्रेसका नेता धुर्बराज पुरि,गोरख के सि, नेत्र ओलि, वडा १ का वडाअध्यक्ष नेत्र डाँगि लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा बा ना पा १ का जनताको सहभागिता रहेको थियोे ।
वडा न १ का सभापति गजेन्द्र के सिको सभाध्यक्ष बाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रदिप बोहराले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस