बागचाैर नगरपालिकामा सय मत गणना गर्दा माओवादी केन्द्र अगाडी ।

३१ वैशाख, सल्यान ।
सल्यानको बागचाैर नगरपालिका वडा नम्बर १२ को १०० मत गणना गर्दा माओवादी केन्द्रका कृति बहादुर पुन प्रकाण्डले अग्रता लिएका छन् ।

सय मत गणना गर्दा पुनले ५२ मत पाएका छन् । कांग्रेसका जनकराज गाैतमले ३५, एमालेका तिलक मल्ले १२ र स्वतन्त्र उम्मेदवार चित्र बहादुर डाँगीले १ मत पाएका छन् ।

उपमेयरमा एमालेकी भक्त कुमारी वि.एम. ९, कांग्रेसकी दिपा बस्नेतले ३५ र माओवादी केन्द्रकी सुमनिमा डि.सीले ५५ मत ल्याएकी छन् ।

वडा अध्यक्षमा माओवादी सेते ओलीले ५४ कांग्रेसका टिकाराम ओकालीले ४५ मत ल्याएका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस