कुमाख गाउँपालिका अध्यक्षमा कांग्रेसका मान बहादुर उपाध्यक्षमा एमालेका लाल बहादुर विजयी

 जेठ १, सल्यान ।
सल्यानकाे कुमाख गाउँपालिकामा नेपाली कांग्रेस मान बहादुर बुढाथाेकी र एमालेका लाल बहादुर रावत बिजय भएका छन ।

४६ मतकाे अन्तरले गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मान बहादुर बुढाथाेकीले जित हाँसिल गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डिल्लीराज जैशीले ४ हजार १२ मत ल्याए भने विजयी बनेका बुढाथाेकीले ४ हजार ५८ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लाल बहादुर रावत बिजयी बनेका छन् । रावतले ४ हजार १ सय ४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस