त्रिवेणी गाउँपालिका सल्यानको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस नै विजयी

जेठ २ सल्यान 
सल्यानकको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका खिम बहादुर रावत अध्यक्षमा निर्वाचित भएका छन् । उनले ३ हजार ३ सय ६९ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका डिल्ली केसीले २ हजार ९७ मत ल्याएका छन् । 

यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेस निर्वाचित भएको छ । उपाध्यक्षमा कांग्रेसकी सिता खड्का पुन ३ हजार १ सय ८६ मत ल्याएर विजयी भएकी हुन । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेन्द्र बहादुर थापाले २ हजार ३५ मत ल्याएका छन् । 

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस