
२ जेठ, सल्यान ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार विजय भएका छन् ।
गाउँपलिका अध्यक्षमा कांग्रेसका भरत गिरीले २१३७ मत ल्याएर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी र एकीकृत समाजवादी गठबन्धनका चित्रबहादुर चलाउनेले १७९८ मत ल्याए ।
अध्यक्षमा गठबन्धनका उम्मेदवार चलाउने पराजित हुँदै गर्दा उपाध्यक्षमा भने गठबन्धनकै माओवादीका राम बहादुर बस्नेत २०३५ मत ल्याएर विजय भएका छन् ,भने उपाध्यक्षमा कांग्रेसककी पुर्णिमा चलाउनेले १९६३ मत ल्याइकी ल्याईन ।
प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार