गंगादेवमा काँग्रेसका हरि पुन अध्यक्षमा निर्बाचित,

जेष्ट २, रोल्पा ।
रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हरी बहादुर पुन र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अमृता वली -केसी बिजयी भएका छन । स्थानीयतह निर्बाचन २०७९ मा निर्बाचित अध्यक्ष पुनले २५ सय ५७ मत प्राप्तगरेका छन भने उपाध्यक्ष वली-केसीले २९ सय ९ मत प्राप्त गरेकी छन ।
पुनका निकटम प्रतिष्प्रधि नेकपा एमालेका अध्यक्ष उम्मेदवार रोशन वलीले २४ सय ९९ मत प्राप्त गरेका थिए । जम्मा ५८ मतको झिनो अन्तरले वली पराजित भएका हुन ।
निवर्तमान गाउँपालिका अध्यक्ष तथा नेकपा (माओबादी) केन्द्रका उम्मेदवार बिर बहादुर खत्रीले २ हजार ९३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार चुडामणी वली आदर्शले १५ सय ७३ मत प्राप्त गरेका छन ।

त्यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार निर्मला कुमारी वलीले २४ सय ४२ मत प्राप्त गरेकी छन । गठबन्धनका उपाध्यक्ष उम्मेदवार नेब बहादुर डाँगीले १८ सय ११ मत प्राप्त गरेका छन भने स्वतन्त्र उपाध्यक्ष उम्मेदवार शुसिला वलीले ८ सय ६१ मत प्राप्त गरेकी छन ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस