सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा माओबादीका बुढाथोकी र कांग्रेसका आचार्य विजयी

जेठ ३ सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नगरप्रमुखमा माओबादी केन्द्रका कर्णवहादुर वुढाथोकी (छहारी) निर्वाचित भएका छ्न ।
उपप्रमुखमा नेपाली कांग्रेसका पुरुषोतम आचार्य निर्वाचित भएको भएका छ्न ।

छहारिका प्रतिद्वन्दी एमालेका गोविन्द कुमार पुनलाई २७४६ मत र गठबन्धन नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार आचार्यले स्वतन्त्र उम्मेदवार दिपेन्द्र विष्टलाई १५५५ मतको फराकिलो मतको मतान्तरले पछि पार्दै विजयी भएका छन् ।

 छहारीले ७४६६ मत प्राप्त गर्दा एमाले गोविन्द कुमार पुनले ४७२० मत प्राप्त गरेका छ्न । उपमेयरमा नेपाली कांग्रेसका  पुरुषोतम आचार्यले ५७३५ मत प्राप्त गर्दा एमाले÷स्वतन्त्र दिपेन्द्र विष्टले ४१८० मत मत प्राप्त गरेका छ्न । त्यहा माओवादी – कांग्रेस गठबन्धन थियो ।

बिष्ट नेपाली कांग्रेसबाट उम्मेद्बार बन्न नपाएपछी एमालेको सहकार्यमा उपमेयरको उम्मेद्बार बनेका थिए ।
गोबिन्द पुन एमालेका सल्यान जिल्ला अध्यक्ष हुन । ऊनी २०७४ को स्थानिय निर्वाचनमा उनि नगरप्रमुखमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस