काग्रेसका कर्णालीका सह – महामन्त्रीको वडा न ३ मा काग्रेसका भन्डारीसहित पुरै प्यानल बिजय

जेठ ४, सल्यान
 सल्यानको बागचौर नगरपालिका वडा नं.३ नेपाली काग्रेसका भिम बहादुर सहित पुरै प्यानल बिजय भएको छ ।
नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार भिम प्रकाश भण्डारी ५८९ मतका साथ विजयी भएका छन ।
साथै उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिलाल डाँगीले ४९१ मत ल्याएका छन ।
नेकपा एमालेका उम्मेदवार बल बहादुर भण्डारीले २६१ र राप्रपा तिर चिन्हका उम्मेदवार प्रमोद डाँगीले १४ मत प्राप्त गरेका छन ।
नेपाली काग्रेसका कर्णालीका सह – महामन्त्री एकराज डाँगिको वडा रहेको वडामा भिम बहादुर भन्डारीले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिलाल डाँगी ९८ मतान्तरको भारी मतले पराजित गरेका हुन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस