कपुरकोट तुलसीपुर सडक सुचारु  , माग पूरा नहुन्जेलसम्म टिप्पर चल्न रोक

जेठ ७,सल्यान 
कपुरकोटका स्थानीयले बन्द गरेको कपुरकोट–तुलसिपुर सडकखण्ड आज  बेलुकीबाट खुलेको छ ।
टिप्परको ठक्करबाट  कपुरकोटका एक युवकको मृत्यु भएपछि  स्थानीयले शनिबार बिहान देखि राप्ती राजमार्ग अन्तर्गत कपुरकोट तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका थिए । 
टिप्पर सञ्चालन गर्ने घोराही सिमेन्टका जिम्मेवार व्यक्तिहरु सम्पर्कमा आएपछि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिइएको  पिडितको माग सम्बोधन नभएसम्म टिप्पर चल्न नदिइने बन्दकर्ताहरुको माग छ।

दाङको तुलसिपुरमा प्रशासनको समन्वयमा पिडित पक्ष र सिमेन्ट प्रालि विच छलफल चलिरहेको  छ । सिमेन्ट प्रालिका पब्लीक रिलेसन म्यानेजर अमर सुवेदी लगाएत संग छलफल चलिरहेको पिडित पक्षको  छलफलमा सहभागी रुपक बुढाले जानकारी दिए ।
बिहिबार साँझ कपुरकोटबाट तुलसीपुरतर्फ जादै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको ट्रिपरले ओभरटेक गर्ने क्रममा तुलसीपुर ४ हर्नेटीमा ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट गम्भिर घाइते कपुरकोट गाउँपालिका वडा नम्बर –३ का १८ वर्षीय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस