निर्वाचनमा पार्टीलाई क्षति पुग्ने खालका गतिविधि गरेकालाई नेकपा माओवादी केन्द्र बागचौरले गर्यो कारबाहीको माग ।

८ जेष्ठ २०७८ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीलाई क्षति पुग्ने खालका गतिविधि गरेकाे भन्दै अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित निवर्तमान नगर प्रमुखलाई पार्टीले कारबाहीको माग गरेको छ।

बागचौर नगरपालिकाका निवर्तमानमा प्रमुख लाेकमान बुढाथोकीलाई कारबाहीको माग गरिएको हाे। शनिबार बसेकाे माओवादी केन्द्र बागचौर नगर कमिटीकाे तेस्राे विस्तारित बैठकबाट उक्त निर्णय गरिएको माओवादी केन्द्र बागचौर नगर कमिटीले जनाएको छ। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य समेत रहेका बुढाथोकीले स्थानीय तह निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार पराजित गराउने गतिविधिमा संलग्न रहेकाे आराेप लगाउदै जिल्ला समन्वय समिति मार्फत प्रदेश कमिटी संग कारबाहीको माग गर्दै सिफारिस गरिकाे जनाएको छ। त्यसैगरी उक्त बैठकबाट पार्टीका नगर कमिटी सदस्य डिल्ली वलीलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेकाे छ। वलीले पनि निर्वाचन आफ्ना उम्मेदवारलाई पराजित बनाउने कार्य गरेकाे भन्दै नगर कमिटीले निलम्बनकाे निर्णय गरेकाे जनाएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस