बागचौरका सस्थापक मेयर बुढाथोकीद्वारा २ लाख ८० हजारको सल्यानका पत्रकारहरुलाई अक्षयकोषको घोषण

जेठ ९, सल्यान ।
बागचौर नगरपालिका सल्यानका सस्थापक मेयर लोकमान बुढाथोकीले नेपाल पत्रकार महासंघ सल्यान शाखामा एउटा अक्षयकोष स्थापना गरेका छन् ।
नगर प्रमुखको रुपमा पाएको सेवा, सुबिधा (तलब/भत्ता) बापतको २ लाख ८० हजार ८ सय ४१ रुपैयाँको अक्षयकोष स्थापना गर्ने बुढाथोकीले घोषणा गरेका छन् ।

अक्षयकोषको रकमबाट आउने व्याज रकम कार्यविधि बमोजिम प्रत्येक वर्ष १ जना उत्कृष्ट पत्रकारलाई सम्मान सहित रकम उपलब्ध गराइने उनले बताए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस