नगरपालिका आफ्नै भवनमा स्थानान्तरण गर्ने मेरो पहिलो प्राथमिकता हो – नगरप्रमुख जनकराज गौतम ।

जेठ १० सल्यान – प्रकाश के सि
बागचौर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनकराज गौतम र उपप्रमुख सुम्निमा डि.सी.ले  पदभार ग्रहण गरेका छन ।
सोमबार  नगरपालिकाको कार्यालयमा पदभार कार्यक्रममा बोल्दै नगर प्रमुख गौतमले पहिलो प्राथमिकता नगरपालिकाको  आफ्नै भवनमा हुँदाहुँदै भाडामा बसेकोले तत्काल आवश्यक प्रक्रिया पूरा गरि कार्यालय आफ्नै भवनमा स्थानान्तरण गरिने बताए ।
साथै  नगरपालिका भवन परिसरमा सेवाग्राही मैत्री शौचालय निर्माण,देखी  प्रतिक्षालय निर्माण सहायता कक्ष निर्माण  गर्ने  जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जानालाई निशुल्क एम्बुलेन्स र यातायातको व्यवस्थामा गरिने  बताएका छन् । आफुले चुनावमा प्रतिबद्धता गरेका सम्पुर्ण कामहरु ५ बर्ष सम्म पूरा गर्दै जाने समेत बताए ।
उपप्रमुख सुम्निमा डि.सी.(वली) ले  बागचौर नगरपालिकाबाट हाल लिईरहेको शुल्क, कर, दस्तुरमा ५० प्रतिशतमात्र  व्यवस्था गर्ने, सरकारी विद्यालय (१-१०) मा भर्ना शुल्क बापत शुल्क नलिने व्यवस्था गर्ने बताईन ।
कार्यक्रममा बागचौर नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस