
जेठ १३,सल्यान
प्रकाश के सि
बागचौर नगरपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगपालिका २ शारदा खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी सल्यान छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका ८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका ३ की ५८ वर्षीया दिल कुमारी खड्का रहेका छन् । घाइतेहरूको जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
बस ओरालोमा भएकाले बस चालकले बस रोकी साइड हेर्न झरेको समयमा एक यात्रुले गियर हल्लाएपछि बस दुर्घटना भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।
प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार