बागचौर नगरपालिकाको नगर कार्यपालिका निर्वाचन सम्पन्न – काग्रेसको बहुमत

जेष्ठ १५ सल्यान ।
सल्यान जिल्ला बागचौर नगरपालिकाको नगर कार्यपालिका सदस्य निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनमा सुर्य चिन्ह बाट (टिकाराम विश्वकर्मा) रुख चिन्ह बाट (रेशम बि.क.) गोलाकार भित्र हसिया हतौडा चिन्ह बाट (दिपक वि.क) निर्वाचित भएका छन ।

त्यसैगरी निर्विरोध निर्वाचित हुने महिला सदस्यहरुमा नेपाली काँग्रेसको रुख चिन्ह बाट क्रमसः ढाँका कुमारी वली (डि.सी.), रेखा कुमारी डाँगी (खत्री), रिता दमाई, रोजी बुढाथोकी र सिता शर्मा रहेका छन ।
बागचौर नगरकार्यपालिकामा नेपाली काग्रेसको बहुमत भएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस