गणतन्त्र दिवसको बागचौर नगरवासीलाई शुभकामना – नगरप्रमुख जनकराज गौतम

जेष्ठ १५ सल्यान ।। बागचाैर नगरपालिकाकाे आयोजनामा गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम बागचाैर नगरपालिकाकाे कार्यालय बागचाैरमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख जनकराज गौतमले पहिले नगरपालिकाको ढोकामा दिप प्रजोलन गरेर गणतन्त्र दिवसको बागचौर नगरवासीलाई शुभकामना दिएका थिय।

कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम उप-प्रमुख सुम्निमा डि.सी (वली) वडा नम्बर २ का वडा अध्यक्ष दिपेस डि.सी, वडा न ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा लगायत विभिन्न पार्टीका नेता, कर्मचारी, पत्रकार लगाएतकाे उपस्थिति रहेको थियो ।
उक्ति कार्यक्रमको सहजीकरण बागचौर नगरपालिकाका योजना अधिकृत पुर्ण ब ओलिले गरेका थिए ।।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस