
जेष्ठ १७ सल्यान ।
सल्यानको बागचौरमा जारी सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रणाली सवलीकरण परियोजना अन्तर्गत मुख्य घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली (VERSP-MIS) सम्बन्धि ३ दिने तालिम आज सम्पन्न भएको छ ।
बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगर उप-प्रमुख सुम्निमा डि.सी. (वली), प्रशिक्षक राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सफ्टवयर ईन्जिनियर दापासा शेर्पा, सिविस नेपाल ASPRO परियोजना संयोजक उमङ्ग मैनाली, मुसिकोट नगरपालिका र बागचौर नगरपालिकाबाट सहभागी सूचना प्रविधि अधिकृत, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शाखा प्रमुख, एम.आई.एस. अपरेटरहरु, वडा सचिवहरु, फिल्ड सहायकहरु र सिविस नेपाल बागचाैरका सामाजिक परिचालन अधिकृत लगायतको उपस्थिति रेहेको थियो ।
तालिम ३ दिनसम्म शारदा टपमा संचालन भएको थियो ।