
जेष्ठ २६ सल्यान ।
बागचौर नगरपालिकाले सेवाग्राहीलाई सहज सेवा दिनको लागि नागरिक सहायता कक्ष सञ्चालन गरेको छ ।
नगरपालिकाको कार्यपालिका बैठकमा सेवाग्राहीलाई सजिलोसँग सेवा दिन र सेवा प्रवाहमा सुधार ल्याउने निर्णय अनुसार नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको नगर प्रमुख जनकराज गौतमले जानकारी दिय ।
नगर प्रमुख जनकराज गौतमका अनुसार नागरिक सहायता कक्षबाट तत्कालका लागी सेवाग्राहीहरुका लागी सोधपुछ,योजना भुक्तानीमा सहजीकरण र फोटोकपी सेवा प्रदान गरिएको छ ।
प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार