सिद्ध कुमाखमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न ।

असार ५, सल्यान ।
सल्यानको ढोरचौरको निराजन माबी मा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।
सिद्ध कुमाख गाउँपालिकाको आयोजना तथा सिट हस्पिटल दाङको सहयोगमा सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उल्लेख गर्दै ग्रामिण समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न नपरोस भन्ने उद्धेश्यले आयोजना गरिएको हो । सिबिरमा सेवा लिन बालबालिका, किशोरकिशोरी देखि बृद्धबृद्धाले सेवा लिएका छन ।

जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलको प्रमुख आथित्यमा भएको स्वास्थ्य सिबिर कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष भरत गिरीले आफुले सबै भन्दा पहिला आम नागरिकको स्वास्थ्य लाई प्राथाकिता दिएको बताए ।
शनिबार आयोजना गरिएको शिविरमा ३ सय ९४ जना महिला र १ सय ८० जना पुरुष गरि ५ सय ७४ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो । स्वास्थ्य शिविरमा सबै भन्दा बढि तल्लो पेट दुख्ने, हाडजोर्नी र नसा सम्बन्धिका बिरामीहरुले जाँच गराएका छन् । स्वास्थ परिक्षण पश्चात् बिरामिहरुलाइ निशुल्क औषधि बितरण गरिएको छ ।

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस