
असार ८, सल्यान ।
दार्मा गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।“उत्पादनमा वृद्धि, दार्माको समृद्धी” भन्ने मुल नारा तय गरेको पालिकाले आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषीको व्यवसायी आधुनिकिकरण गर्दै कृर्षीलाइ आर्थीक वृद्धि र रोजगारी संग जोड्ने जनाएको हो ।
तेस्तै बाँझो जमिनामा कृर्षी गर्ने जो कोहि किसानलाइ उत्पादन मात्राका आधारमा अनुदान दिदै प्रोत्सान र पुर्ण सुरक्षण जस्ता व्यवस्था गर्ने जनाइएको निति तथा कार्यक्रममा प्रविधिको उपयोग गर्दै सिचाइका लागि कुलो र नहर बनाइने उल्लेख गरिएको छ ।
मंगलबारको प्रथम गाउँसभामा निति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष निम बहादुर केसीले दुधमा आत्मनिर्भर बनाएर निर्यात बढाउने जनाउदै किसानलाइ प्रतिलिटर २ रुपैयाँ ५० पैसा अनुदान दिने बताएका छन ।
नीति कार्यक्रममा रोजगारका कार्यक्रमलाइ व्यवस्थीत बनाइ एक घर एक रोजगार कार्यक्रम अन्तरगत रोजगारी नभएका घरका परिवारका साथै शहिद परिवार, जनयुद्धका घाइते अपांग, आर्थिक रुपमा गरिव तथा विपन्नलाइ हरेक रोजगारका कार्यक्तममा पहिलो नम्बर समेटीने जनाइएको छ ।
रोजगारीका कार्यक्रमलाइ कृषि उत्पादनमा जोड्दै बैदेशिक रोजगारीबाट फर्केका लाइ सिपको प्रयोग गर्न सहयोग, तालिम प्रविधि तथा वित्तिय सहयोग दिने र प्लाष्टिक मुक्त बनाउन उद्यम विकास कार्यक्रम अन्तरगत फाइवर झोला प्रोत्साहन गर्दै उद्योग बनाइनेछ ।
आरन व्यवसायलाइ बालिघरे प्रथा नभई नगद ज्यालादारीको रुपमा विकास गर्न आरन उद्योग तथा आयातित मसला रोकथाम गर्न स्थानीय रुपमा पाइने अदुवा, टिमुुर, दालचिनीबाट मसला उत्पादन गर्न उद्योग बनाइने नीति कार्यक्रममा छ ।
शिक्षाको क्षेत्रमा सबै विद्यालयमा दरबन्दि मिलान, विद्यालय समायोजन, शिक्षक तथा कर्मचारीलाइ माग र आवश्यकताका आधारमा परिचालन गरिने जनाइएको छ । त्यस्तै यो बर्ष कठिन परिस्थिीमा रहेका विद्यार्थीलाइ छात्रवृत्ती प्रदान गरिनेछ भने बालबालिका संग अध्यक्ष कार्यक्रम संचालन गरिनेछ । नियमित अतिरिक्त क्रियाकलापको लागि प्रोत्साहनका साथै नमुना विद्यालयको अनुगमन भ्रमण, शिक्षा सम्मेलन, शैक्षिक प्रदर्शनी जस्ता कार्यक्रम राखिनेछ ।
विद्यालयमा बालबगैचा, शौचालय, प्राथमिक उपचार बाकस, स्वच्छ खानेपानी, खेलमैदान, सरसफाई छात्रालाइ निशुल्क सेनेटरी प्याडका साथै इन्टरनेटबाट शिक्षणको प्रयोग गराइने छ भने पढ्दै कमाउदै कार्यक्रम संचालन गरिने छ । वडामा खेल सामाग्री प्रदान गर्दै खेलकुद प्रशिक्षण संचालन गरिने नीति कार्यक्रममा गर्भवति महिलालाई घुम्ति शिविर मार्फत नि:शुल्क भिडियो एक्सरे गरिने उल्लेख छ ।
हरेक स्वास्थ्य संस्थामा गुणस्तरिय प्रयोगशालाको पबन्ध मिलाइनेछ भने अति अशक्त अपांग, ८० बर्ष माथिका जेष्ठ नागरिक, नियमित गर्भजाँच गराउने महिला र सुुत्केरीहरु, कडा रोग लागेका तथा नियमित डाक्टरकहाँ जाने विरामीका लागि निशुल्क एम्बुलेन्स सुविधा प्रदान गरिनेछ ।
स्वास्थ्य सेवाको वृद्धीका साथै हप्तामा २ पटक स्वास्थ्यकर्मी गाउँमा जानुपर्ने गरी घुम्ती स्वास्थ्य सेवाका साथै आयुर्वेदिक औषधी निशुल्क योग ध्यान जस्ता कार्यक्रमलाई नीति कार्यक्रममा समेटिएको छ । पोषण स्थीतीमा सुधार ल्याइनुका साथै गर्भवती महिलाहरुलाइ घुम्ती शिविर मार्फत निशुल्क भिडियो एक्सरे सेवा र सबै वडाहरुमा सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ । महिलालाइ सामुहिक व्यवसाय संचालनका लागि अनुदान दिइनेछ भने सबैलाइ स्वरोजगार बन्न प्रेरित गरिनेछ ।
बालबालिका लागि शिक्षाको मुलधारमा ल्याइनुका साथै गरिव तथा विपन्न नागरिकको अभिलेखिकरण र जेष्ठ नागरिक सम्मान कार्यक्रम संचालन गरिनेछ । सडक पुर्वाधार जिविकोपार्जनको आधार भन्दै नीति कार्यक्रममा नयाँ बनाउने भन्दा सडक स्तरोन्नतीलाई प्राथामिकतामा राखेको गाउँपालिकाले वडा कार्यालयमा बाह्रै महिना चल्ने सडक ग्रावेल तथा स्तरोन्नती गर्ने जनाएको छ ।
स्थानीय श्रम शक्तीको प्रयोग गर्ने जनाएको गाउँपालिकाले एक घर एक धारा निर्माणलाइ प्राथामिकता दिदै ठुला सिचाइ आयोजना, सोलार लिप्ट खानेपानीमा विद्युतको प्रयोग, विद्युत लिप्टबाट सिचाई व्यवस्था जस्ता कार्यक्रम ल्याएको छ । उर्जाको क्षेत्रमा विदयुत विस्तारको काम तिव्रता दिदै लोडसेडिकको समस्या समाधानका साथ वडा कार्यालयमा यसैबर्ष विजुली विस्तार गरिने जनाइएको छ ।
न्यूनतम २० युनिट भन्दा कम विद्युत खपत गर्ने विपन्न वर्गको विद्युत महसुल भुक्तानी गाउँपालिकाबाट गरिनेछ भने भवन बनाउदा अनिवार्य नक्सा पास गर्नुपर्ने व्यवस्थालाई कडाइ गरिनेछ ।
निर्माणधिन अस्पताल तथा प्रशासकिय भवन यसै बर्ष बनाइनुका साथै भवन नभएका वडा कार्यालयमा चाँडै पहल गरिनेछ ।
एम रेडियो संचालनका लागि सहयोगका साथै सामुदायिक रेडियो र अन्य संचार माध्यामसंग सहकार्य र पत्रकारिता तालिम जस्ता कार्यक्रम संचालन गरिनेछ । दार्माको मुख्य बजार फारुलामा नि:शुुल्क वाइफाई, कार्यालयका उत्कृष्टलाइ कर्मचारीहरुलाइ सम्मान जस्ता कार्यक्रम नीति कार्यक्रम समेटिएको छ ।
नीति कार्यक्रममा कामलाइ उत्पादन र उत्पादनलाइ रोजगारीसंग जोड्ने जनाइएको छ ।