बागचौरको नीति तथा कार्यक्रम पास : एमालेको समर्थन , माओवादी र समाजवादी बाहिरिए ।

असार १० बागचौर सल्यान ।

बागचौर नगरपालिकाको नीति तथा कार्यक्रम पास भएको छ । मेयर जनकराज गौतमले बहुमतले नीति तथा कार्यक्रम पास भएको घोषणा गरेका हुन् ।

माओवादी र समाजवादीका जनप्रतिनिधिहरु भने मेयरले पेलेर एकलौटी ढंगले प्रस्तुत भएको भन्दै बाहिरीएका छन् ।
उपमेयर रहेकी माओवादी केन्द्रकी सुम्निमा डिसी सहितका जनप्रतिनिधिहरुले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द नराखेको भन्दै बाहिरीएका छन् ।

अन्य स्थानीय तहमा जनयुद्ध शब्द प्रस्तुत गरिरहदा बागचौर नगरपालिकामा जनयुद्ध शब्दलाई हटाइएको भन्दै उपमेयर सहित माओवादीका जनप्रतिनिधिहरुले असहमति जनाएका थिए ।

मेयर जनकराज गौतम सहित कांग्रेसका जनप्रतिनिहरुले संविधानमा जनयुद्ध शब्द नरहेकोले नराखिएको बताएका छन् । जनयुद्ध लगायतका आन्दोलनहरुलाई जनआन्दोलन शब्दले समेट्ने र जनआन्दोलन शब्द राखिएको मेयर गौतमले बताए ।

कांग्रेस र एमालेका जनप्रतिनिधिको बहुमतले नीति तथा कार्यक्रम पास गरे भने त्यसभन्दा अगाडि माओवादी र समाजवादीका जनप्रतिनिधिले असहमति जनाउँदै बाहिरिए थिए ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस