प्रदेश सभा (क) सल्यानको तरुण दल संयोजकमा कमल चन्द मनोनीत

साउन ५ सल्यान ।
नेपाली कांग्रेस सल्यान ले भातृ संगठन नेपाल तरुण दल सल्यान प्रदेश सभा (क) सल्यानको क्षेत्रीय संयोजकमा कमल चन्दलाई मनोनित भएका छन् ।

असार २८ गते बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा बसेको बैठकले चन्दलाई संयोजक तोकेको हो।
सल्यान प्रदेश सभा (क अन्तर्गत पालिका हरु संग समन्वय गरि २ महिना भित्र पालिकाहरुमा चुस्त र दुरुस्त तरुण संगठन निर्माण गरि असोज ८ गते सिद्द कुमाख गाउँपालिका ढोरचौरमा बस्ने पार्टी क्षेत्रको बैठकमा आफ्नो राय सहित संगठनको परिस्थित पेश गर्न अनुरोध गरिएको कांग्रेस प्रदेश सभा (क) सल्यान सभापति सुरेश चन्दले जानकारी दिए ।

यसैगरी सभापति कमल चन्दले जतिसक्दो चाडाे भातृ तथा शुभेच्छुक संस्थाहरूको निर्माण गरि पार्टी संगठन लाई नयाँ उचाइमा पुर्‍याउनेमा बिश्वास रहेको बताए ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस