कर्णालीका विद्यार्थीहरुलाई पाठेपुस्तक अभाव

७ साउन २०७९, शनिवार

शैक्षिक सत्र सुरु भएको छ महिनासम्म पनि कर्णालीका विद्यार्थीहरुले पाठेपुस्तक पाउन सकेका छैनन् ।

कर्णालीका हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु हुन्छ भने अन्य पहाडी जिल्लामा बैशाखदेखि सुरु हुन्छ । हिमाली जिल्लामा प्राय सधैँ जसो पाठेपुस्तक अभाव हुने गरेकोमा यस बर्ष अन्य जिल्लामा पनि सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझैसम्म पूर्ण पाठेपुस्तक नपाएका हुन् । कर्णालीमा अहिलेसम्म कक्षा ६ र ८ को सामाजिक र गणित विषयका पुस्तक पुगेको छैन । केही पुस्तकको अभाव छ ।

यता पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने स्थानीय तह र विद्यालयहरुबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको बताएको छ । केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख धनबहादुर केसीले कर्णाली रैबारसंग भन्नुभयो । स्थानीय तहको निर्वाचन र केही प्राविधिक कारणले पुस्तक उपलब्ध गराउन ढिलाइ भएको केन्द्रले स्वीकारेको छ ।

बाँकी किताब सुर्खेत गोदाममा आउने बित्तिकै सबै जिल्लामा पठाइने प्रादेशिक कार्यालयले जनाएको छ । कर्णालीका डोल्पा, सल्यान, रुकुम पश्चिम र हुम्लाका दुई स्थानीय तहमा पुस्तक पुगिसकेको र केही पुस्तक ढुवानीकाक्रममा बाटोमै रहेको कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस