दार्मामा दाइले एसिड प्रहार गर्दा भाइ र बुहारी गम्भीर घाइते

३१ साउन,सल्यान ।
दार्मा गाउँपालिकाको वडा न -३, चम्पुटाकुरा सल्यानमा घरकै दाइले एसिड प्रहार गर्दा भाइ र बुहारी गम्भीर घाइते भएका छन् ।

शोमबार साँझ ६ बजे कामको सिलसिलामा दार्मा गाउँपालिकाबाट घर पुगेको केही समय भित्रै दाइ बेचे रावतले भाइ भिम बहादुर र बुहारी लाई एसिड छर्केर घाइते भनाएका हुन ।उक्त एसिड आक्रमणमा छिमेकी भिम बहादुर रावत समेत घाइते भएका छ्न् ।

हाल घाइते तिनै जनाको नेपालगन्जमा उपचार भैरहेको परिवार स्रोतले जनाएको छ।घरको आर्थिक लेनदेनको कारण दाइले भाइलाइ एसिड छर्केको भन्ने प्रारम्भिक अनुमान गरिएको दार्मा प्रहरी को भनाइ छ ।

एसिस प्रहार गर्ने बेचे रावत हाल इलाका प्रहरी कार्यालय थारमारेमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस