दाङमा नक्कली माया जालमा पार्ने महिला गिरोह सार्वजनिक

२ भदौ २०७९, बिहिवार

पुरुषलाई माया जालमा पारी आर्थिक लाभ लिन खोज्ने एक गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय दिलिप कुमार वली,घोराही उपमहानगरपालिका वडा नम्बर १० बस्ने पवित्रा डाँगी, सोही ठाँउका ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया सर्मिला भनिने पर्मिला नेपाली रहेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुुरमा सुनचाँदी व्यवसाय गर्ने दिनेश घर्ती मगरलाई मायाप्रेमको नाटक गरी रकम असुली गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी बिहिबार सार्वजनिक गरेको छ ।

पक्राउ परेकी शर्मिला नेपालीले पीडित घर्तीलाई साउन २६ गते राती ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन् । घर्ती घरमा आएपछि अन्य चारजना केहीबेरमा घरमा आएको र डरधम्की दिई नगद १ लाख र २÷२ लाखका २ वटा चेक फरक फरक मितीमा र एउटा चेक ७ लाख २० हजार गरी १२ लाख २० हजार रुपैया बेइमानीपूर्वक लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुुख एसपी सुुरेश काफ्ले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । उनीहरुलाई पक्राउ गरेसँगै उनीहरुको साथमा रहेका सम्पुणर् सामग्री समेत बरामद गरिसकेको उहाँले बताउनुभयो । पक्राउ परेकाहरु माथि मुुलुक फौजदारी कार्यविधि संहिता २०७४ अनुुसार अपराधिक लाभ शिर्षकमा मुद्धा दर्ता गरी अनुुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस