
भदाैं ७,
विप्लव नेतृत्वकाे नेकपा सहितका ४ पार्टीले आज आह्वान गरेकाे नेपाल बन्दका क्रममा बिहानै दाङकाे घोराही–लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको भयाे ।
धेरैले बन्दकर्ताले आगजनी गरेकाे भन्दै सामाजिक संजालमा बिराेध जनाए । तर उक्त टिप्पर आफुहरुले नजलाएकाे विप्लव नेतृत्वका नेकपा दाङका इन्चार्ज बल बहादुर वली ‘शितल’ले प्रतिकृया दिएका छन् । बन्द सफल बनाउन शान्तिपूर्ण रुपमा सवारी साधन रोक्ने, अटेर गर्नेको चावि नियन्त्रणमा लिने बाहेक तोडफोड र आगजनी गर्ने कुनै कार्यक्रम नरहेको उनले बताए ।
चालक र सहचालक पक्राउ
प्रहरीले घटना शंकास्पद भएको भन्दै चालक र सहचालकलाई नियन्त्रणमा लिएकाे छ । दुई दिन देखि उक्त स्थानमा टिपर बिग्रिएर रोकि राखेको थियो ।
मंगलबार बिहान साढे चार बजे टिपरमा आगजनी भएको र बन्द कर्ताहरुले आफुहरुको बन्द कार्यक्रम बिहान पाँच बजे पछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफुहरुको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
‘बन्द कर्ताहरुले मलाई फोन गरेर टिपर आगजनीमा हाम्रो संलग्नता छैन भन्नु भएको छ, टिपरमा आगजनी भएपछि चालक सहचालकले हामीलाई फोन गरेनन् अर्कै चालकले आगो लागेको देखेर फोन गरेको छ, एसपी काफ्लेले भने चालक र सहचालकको भनाइ पनि मिलेको छैन् त्यसकारणा अनुसन्धानका लागि नियन्त्रणमा लिएका छाैं’, काफ्लेले भने ।
चालक र सहचालक पनि टिपर भएको स्थानमा रहेको र उनीहरुको मोवाईल पनि साथमै भएकाले साढे चार बजे आगजनी हुँदा पनि प्रहरीलाई जानकारी गराएको अवस्था छैन् अहिले नियन्त्रणमा लिएर अजुसन्धान भईरहेको काफ्लेले बताए । पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण रहेका छन् ।