
भाद्र २८,
सुनिलस्मृति गाउँपालिका सुलिचौर नजिकै फगाम खोलाले बगाएको बालिकाको शव भेटिएको छ । सोमबार वेलुका सुलिलस्मृति गाउँपालिका वडा नं. ३ र ४ को फगाम खोलाले बगाएर वेपत्ता भएकी १४ वर्षकी बालिका फरिदा खातुनको शव आज भेटिएको हो ।
प्रहरीले हिजो देखि खोजीकार्य जारी राखेपनी आजमात्र खातुनको सव सोहि गाउँपालिका वडा नं. २ सोनु पेट्रोल पम्प नजिकै खुग्री खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
मृतक बालिका कपिलबस्तु जिल्ला घर भई रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ४ सुलिचौरमा व्यवसाय गर्दै आएका अब्दुल असिमका १४ वर्षकी छोरी फरिदा खातुन हुन् ।
विद्यालयबाट कोठा फर्किएर साथीहरुसँग खेल्न गएकी फरिदा सोमबार साँझ सुनिलस्मृति गाउँपालिका वडा नं. ३ र ४ को फगाम खोलाले बगाएको थियो ।
Read more at: http://rojaronline.com/news/47888.html