नेकपाले सल्यानको बैठक सप्पन्न ,जिल्लाभर जनचेतना अभियान चलाउने,

असोज ११, सल्यान ।
नेपाल कम्युनिष्ट पार्टी सल्यान छैठौं जिल्ला समितिको दोस्रो पुर्ण बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा जाँडरक्सी , जुवातास, मुल्य वृद्धि , कालोबजारी नियन्त्रणको लागि जनचेतनामूलक अभियान चलाउने निर्णय भएको छ ।

सोमबार बसेको बैठकले लिएका महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्न विज्ञप्ती निकाल्दै ट्राफिक सचेतनाको लागि यातायात ब्यबसायी, गाडी चालक र यात्रुहरुलाई समेत जिल्लाका विभिन्न ठाउँमा अभियान चलाउने निर्णय गरिएको जानकारी दिइएको छ ।
पार्टीका सेक्रेटरी मदन चन्दले हस्ताक्षर गरेको विज्ञप्तीमा असोज २५ गते देखि ३१ गते सम्म कपिलवस्तुमा हुने पार्टीको नवौं महाधिवेशनको तयारी लाई तिब्र पार्नुका साथै महाधिवेशनमा सहभागी हुने प्रतिनिधि चयनको जानकारी दिइएको छ ।
विज्ञप्तीमा आउदै गरेको दसैं तिहार लगायतका चाडपर्वहरुमा यात्रुहरुको चाप बढ्ने हुँदा यसलाई ब्यबस्थित गर्न यातायात व्यवसायी र प्रशासनलाई अनुरोध गर्ने जनाइएको छ ।

बैठकमा नेकपाकाबकेन्द्रिय सदस्य तथा सल्यान इन्चार्ज सबिन पोख्रेलको प्रमुख आतिथ्यता थियो भने निवर्तमान सेक्रेटरी नारायण चन्दको विशेष उपस्थितिमा भएको हो ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस