सल्यानमा जीप दुर्घटना – ८ जनाकाे घटनास्थलमै ज्यान गयो ।

असाेज १२ सल्यान –
सल्यान कपुरकोटको मुलपानीमा जिप दुर्घटना हुदा ८ जनाकाे घटनास्थलमै मृत्यु भएको छ।

बाँकेकाे कोहलपुर ढकेरीबाट सल्यानको रिम तर्फ जादै गरेको रा १ ज ५६३ नम्बरको जिप बुधबार बिहान साढे ३ बजेतिर कपुरकोट गाउँपालिका -३ मुलपानीमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका -६ जलबाँङ बस्ने २१ वर्षिय जित बहादुर बोहोरा, साेहि ठाउँका ३७ वर्षिय धर्मा ओली, ४० वर्षिय टोप बहादुर ओली , उनकाे ११ वर्षिय छाेरा बसन्त ओली, ३० वर्षिय सुरेश खत्री, ७० वर्षिय खुमलाल ओली, ५५ वर्षिय कुमारी ओली र साेहि गाउँपालिका – ५ रीम बस्ने ३५ वर्षिय ललित ओली रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

जिपमा ९ जना सवार रहेकोमा कपुरकोट गाउँपालिका -६ जलबाँङका ३५ वर्षिय तिलक ओली गम्भीर घाईते भएको र उनकाे प्रादेशिक अस्पताल दाङमा उपचार भईरहेकाे छ ।

जिप सडकबाट करिब १५० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक केसीले बताए।गरेको रा १ ज ५६३ नम्बरको जिप बुधबार बिहान साढे ३ बजेतिर कपुरकोट गाउँपालिका -३ मुलपानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ

मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका -६ जलबाँङ बस्ने २१ वर्षिय जित बहादुर बोहोरा, साेहि ठाउँका ३७ वर्षिय धर्मा ओली, ४० वर्षिय टोप बहादुर ओली , उनकाे ११ वर्षिय छाेरा बसन्त ओली, ३० वर्षिय सुरेश खत्री, ७० वर्षिय खुमलाल ओली, ५५ वर्षिय कुमारी ओली र साेहि गाउँपालिका – ५ रीम बस्ने ३५ वर्षिय ललित ओली रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताए।

जिपमा नौ जना सवार रहेकोमा कपुरकोट गाउँपालिका -६ जलबाँङका ३५ वर्षिय तिलक ओली गम्भीर घाईते भएको र उनकाे प्रादेशिक अस्पताल दाङमा उपचार भईरहेकाे र जिप सडकबाट करिब १५० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक केसीले बताए।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस