
असोज १३ सल्यान ।
नेकपा माओवादी केन्द्र बागचौर नगरले शुभकामना आदान प्रदान कार्यक्रम सम्प्नन गरेको छ ।
दशै, तिहार र छठ पर्वको अवसरमा विहिबार विहान भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना प्रदान गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथी रहेका नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला संयोजक कृति बहादुर पुनले शुभकामना कार्यक्रमको बहानामा राजनीतिक भेटघाट कार्यक्रम गरिएको खुशी व्यक्त गरेका छन ।
उनले प्रतिगमनको खतरा रोक्न गठबन्धन आवश्यकता रहेको भन्दै परिस्थिति अनुसार गठबन्धन गरिएको र गठबन्धनले २ तिहाइ पाउने बताए । नेपाली काग्रेशका नेता तथा पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहले बागचौर नगरपालिकाले सल्यानको राजनीतिमा योगदान पुर्याएको भन्दै भोलीका दिनमा पनि यो कायम रहनुपर्ने धारणा राखे ।कसैले कसैलाई सानो बनाउन सक्दैन आफुले आफैलाई बनाउनुपर्ने भन्दै सबैसंग भएका खराव कुरा लोभ, पाप, स्वार्थ पुर्वाग्रहको मात्रा कम गरे अरूको नजरमा ठिकठिकै हुने बताए ।
कार्यक्रममा जिसस प्रमुख बेलाराम रावल, बागचौर नगरपालिका प्रमुख जनकराज गौतम, उपप्रमुख सुम्निमा डिसी, निवर्तमान प्रमुख लोकमान बुढाथोकी र उपप्रमुख कल्पना पुन, एमाले नेता घनश्याम शर्मा, एकीकृत समाजवादीका नेता ज्ञानेश्वर केसी, राप्रपा नेता टोप बहादुर केसीले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै वडा ६ नं वडाका अध्यक्ष ज्ञान बहादुर वली, बागचौरका प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार गौतम लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
पार्टीका बागचौर नगर ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य टिकाराम वलीको शुभकामना मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालन सचिव दिपक वलीले गरेका थिए भने अध्यक्षता नगर अध्यक्ष शोभाराम भण्डारीले गरेका थिए ।