
असोज १३ बागचौर सल्यान
बागचाैर नगरपालिका वडा नम्बर २ मथिल्लाे चिल्ढालेकाे ५० घरधुरी तथा भानुभक्त माध्यामिक बिद्यालयमा विधुत लाइन उद्घाटन भएको छ ।
बिहिवार बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे बत्ति बाली विधुत उद्घाटन गर्नु भएको हाे ।
विधुत लाइन विस्तार पछी स्थानीयहरु पहिलो पटक बत्ती बलेकोले नगरपालिकालाई धन्यवाद दिदै खुसी भएका छन।
योजनाका अध्यक्ष मान बहादुर बुढाथोकीकाे अध्यक्षता भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी, वडा सदस्य साबित्रा बि.क, विभिन्न राजनितीक दलका नेता, पत्रकार र स्थानीयहरुकाे उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार