चर्चित कलाकारको साथमा रोजर अनलाइनको प्रथम बर्षिक उत्सव बाङ्गेलाखुरीमा हुने

असोज ३० सल्यान ।
रोजर मिडिया प्रमोसन प्रा.लि द्वारा संचालित रोजर अनलाइनको प्रथम बार्षिक उत्सव कार्तिक ३ गते बागचौर नगरपालिका वडा न. ५ बाङ्गैलाखुरी बजारमा हुने भएको छ ।
अनलाइनले आफ्नो प्रथम बार्षिक उत्सवमा शुभ दिपावली छठ पर्बको शुभकामना आदानप्रदान संगै चर्चित कलाकारहरुको साथमा मनाउने निर्णय भएको रोजर मिडिया प्रमोसन प्रा. लि का अध्यक्ष बिरेन्द्र डि. सिले जानकारी दिए ।
उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायक शक्ति चन्द ,वरिष्ठ संगीतकार रामु खड्का,गायक रोशन शिन्ह ठकुरी,गायक कृश क्षेत्री,गायिका देबि बस्नेत,डान्सर अबान्टिका सुनार र राज केरालाले आफ्नो प्रस्तुति देखाउने अध्यक्ष डि सिले बताए ।
रोजर मिडिया प्रमोसन प्रा. लिले आयोजना गरेको कार्यक्रमको समन्वय बागचौर नगरपालिका वडा न ५ र बाङ्गेलाखुरी बजार ब्यबस्थापन सामिति रहेको छ ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस