सल्यानमा अरिंगालको टोकाइबाट आमा छोरीको ज्यान गयो ।

कार्तिक १ सल्यान ।
अरिङगालको टोकाइबाट सल्यानमा आमा छोरीको मृत्युु भएको छ ।
सिद्ध कुमाख गाउँपालिका १ पटारे हामपाल निवासी २१ वर्षीया शोभा बस्नेत र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकीको अरिंगालको टोकाइबाट मृत्युु भएको हो ।
सोमबार दिउँसो खेतमा धान काटी घर फर्किने क्रममा उनिहरुलाई अरिंगालले टोकेको थियोे । अरिंगालले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान र श्रीनगर स्थिति परोपकार अस्पतालमा ल्याइएको थियोे ।

त्यहाँ उपचार नभएपछि थप उपचारका लागि कोहलपुर लिने क्रममा राती बाटोमै आमा छोरीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । यस्तै अरिंगालको टोकाइबाट गम्भिर घाइते भएका नविन वस्नेतको अहिले श्रीनगरमा रहेको परोकपकार अस्पतालमा उपचार भइरहको प्रहरीको जनाएको छ

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस