चुनाव बहिस्कार गर्न विप्लव नेतृत्वकाे नेकपा सल्यानले प्रचारप्रसार गर्ने ।

कार्तिक १९, सल्यान ।
विप्लव नेतृत्वकाे नेकपा सल्यानले मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाइ बहिस्कार गर्ने अभियान चलाउने भएको छ ।

शनिबार खलंगामा पत्रकार सम्मेलन गर्दै नेकपा सल्यानले आगामी मंसिर ४ मा हुने निर्वाचनलाइ शान्तिपुर्ण ढंगले बहिस्कार गर्ने निति लिएकाे जनाएकाे हाे । जसका लागि जिल्लाभर चुनाव बहिस्कार सम्बन्धिकाे प्रचारप्रसार गर्ने नेकपा सल्यानका सेक्रेटरी मदन चन्दले बताए ।

निर्वाचन बहिस्कारकाे लागि उनले शान्तिपुर्ण बिराेध प्रदर्शन जस्ता कार्यक्रमहरु गरिने बताए ।

पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य भिम भारती र युवा संघका केन्द्रीय सदस्य प्रकाश गिरीकाे उपस्थिति रहेकाे थियाे । सम्मेलनमा नेकपा सल्यानकाे हालै सम्पन्न तेस्राे जिल्ला कमिटी बैठकका निर्णयहरु सार्वजनिक गरिएकाे थियाे ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस