विप्लव नेतृत्वकाे नेकपा सल्यानले बागचौर नगरपालिका का बिभिन्न स्थानमा कोणसभा

२४ कार्तिक २०७९

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाइ बहिस्कार गर्ने भन्दै विप्लव नेतृत्वकाे नेकपा सल्यानले शान्तिपुर्न तरिकाले विभिन्न ठाउहरुमा कोणसभा गरेर नागरिकलाई सचेत हुना आग्रह गरेको छ । शुक्रबार एकै दिन बागचौर नगरपालिकाको खरिबोट,थारमारे पातिहाल्ना बजारमा कोणसभा गरेर नागरिकहरू लाई सचेत गराएको हो ।

याे चुनावलाइ पुर्णरुपमा खारेजी गर्नुपर्ने नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य भिम सि ,ले बताए । उनले भने, ‘अहिलेकाे संसदीय व्यवस्थाले जनतालाइ कुनैपनि निकास दिदैन्, त्यसैले याे चुनावमा मतदान नगर्न सम्पुर्ण सल्यानी जनताहरुलाइ अनुरोध गर्दछु । कोणसभा कार्यक्रममा बोल्दै सल्यान जिल्ला सेक्रेटरी मदन सि ले यो चुनाबले देशलाई निकास नदिने र दलालाहरुको कार्यकाल मात्र थपिने भएकोले यो चुनावलाई खारेजी गर्नुपर्ने बताएका छन । कार्यक्रमकाे संचालन युवा संघका केन्द्रीय सदस्य प्रकाश सि ले गरेका हुन ।

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस