
१० मंसिर २०७९, शनिवार
बागचौर नगरपालिका २, थारमारेमा रहेको प्रगति बचत तथा ऋण सहकारि संस्था लिमिटेडको२५ र्औ वार्षिक साधारण्सभा तथा अधिवेशन समापन समारोह आज सम्पन्न भएको हो ।



साधारण्सभा तथा अधिवेशन समापन समारोहमा जिल्ला समन्वय समिति प्रमुख सल्यानका बेलाराम रावलको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।एकाईगत रुपमा ६ स्थानमा संचालन भएको २५ औं वार्षिक साधारणसभा तथा अधिवेशन २०७९ मंसिर ८ गते देखि सुरु भई २०७९ मंसिर १० गते आज समापन भएको हो भने कार्यक्रमको समापन संस्थाका सचिब पवित्रकुमार के.सले गर्नुभएको हो

विशिष्ट अतिथि बागचौर नगरपालिकाका पूर्व नगर प्रमुख तथा संस्थाका सल्लाहकार लोकमान बुढाथोकीले भर्च्ुलमार्फत संस्थालाई प्रगतीको शुभकामना दिनुभयो ।प्रगति बचत तथा ऋण सहकारि संस्था लिमिटेड २०५३ सलमा स्थापना भएको संस्था हो, हाल करिब २,९३५ सेयर सदस्य रहेका छन ।

सदस्य हरूको बचत सुरक्षित गर्ने, समाजिक क्षेत्रमा कार्य गर्ने र उत्पादन मुलक क्षेत्रमा कर्जा लगानि गर्ने मुख्य उदेश्य रहेको यस संस्थाको आर्थिक वर्ष २०७८र०७९ को कूल पूँजि रू। ६ करोड ९४ लाख ३ हजार २८६ रूपिया को बजेट पेश गरिएको थियोे। आर्थिक वर्ष २०७८र०७९ मा संस्था का शेयर सदस्य हरूलाई सुत्केरी सेवा, कृयाखर्च, क्षतिपूर्ति सहयोग बापत रु १ लाख ६५ हजार सेवा सुविधा प्रदान गरिएको जानकारि गराइएको थियो ।
उक्त अधिवेशनबाट संचालक समिति र लेखा समिति सर्वसम्मत चयन गरेको छ । साथै सल्लाहकार र उपसमितिका संयोजक र सदस्यहरु समेत मनोनित गरिएको हो ।
























