माओवादी केन्द्र बागचौर नगर समितिको ५ औं पुर्ण बैठक बागचौरमा सम्पन्न

मंसिर १९, सल्यान पुस्पा रिजन डि सि .

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागचौर नगर समितिको मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समिक्षात्मक एवम् ५ औं पुर्ण बैठक बागचौरमा सम्पन्न भएको छ ।
समिक्षा बैठकका क्रममा बोल्दै पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेक बहादुर बस्नेतले मंसिर ४ को निर्वाचनमा प्रतिगामीका विरुद्धको लडाइँमा जित हाँसिल गरेको बताए ।
उनले नेता सबै हुन सक्छन् तर नेतृत्व हुन कठिन हुन्छ भन्दै सकसपुर्ण वातावरण रहँदा-रहँदै पनि गठबन्धनका उम्मेदवारलाई विजय बनाउन सफल भएको बताए ।
बस्नेतले देशैभरी गठबन्धनका उम्मेदवारलाई विजय हाँसिल बनाउनमा माओवादीको ईमानदारीता र कुशल नेतृत्व स्थापित भएको बताए । उनले निर्वाचनमा आफुले नेतृत्वको कार्यकुशलता प्रमाणित गरेको बताए । पार्टीको मुल सिद्धान्त नछोडि एकताबद्ध भएको प्रमाण नै यो जित भएको बताउँदै उनले अब यो च्यालेन्ज बचाईराख्न सबै लागि पर्न आग्रह समेत गरे ।
बैठकका प्रमुख अतिथि समेत रहेका बस्नेतले अरुले अंकगणितद्वारा राजनीति गर्ने दाबी गर्दै ज्यामितीय तरिकाद्वारा राजनीति माओवादीले गर्ने बताउँदै पेचिलो संघर्षबाट विगतमा गुमाएको घाटालाई १ महिनामा नै फिर्ता गर्न सफल भएको जिकिर गरे ।
उनले पार्टीको महत्त्व, नेतृत्वको मर्म, भावना बुझेर कटिबद्ध भएर लागि चुनावी संघर्षमा जित हाँसिल गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै यस्तै संघर्षशिल कार्यले समाजवादको यात्रामा अगाडि बढ्न सफल यात्री बन्न सकिने बताए ।

यस्तै भर्खरै निर्वाचित प्रदेश सभा माननीय भिम प्रकाश शर्माले समीक्षात्मक बैठकमा उत्साहित भएर उपस्थित भएकोमा सबैप्रति खुसी व्यक्त गरे । उनले भने यो निर्वाचनबाट हामी एकताबद हुँदा कसैको केही नलाग्दो रहेछ भन्ने अनुभुती भयो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस