प्रथम सताईसी कप तथा बृहत साँस्कृतिक कार्यक्रम कुमाखको मेल्टाकुरामा संचालन

मंसिर २५ सल्यान –
प्रकाश के सि
कुमाख गाउँपालिका वडा नं. ६ को मेल्टाकुरामा प्रथम सताईसी कप तथा बृहत साँस्कृतिक कार्यक्रम संचालन भएको छ ।
कार्यक्रममा खुल्ला वडास्तरिय भलिबल प्रतियोगिता अन्तर्गत सल्यान सहित नवलपरासी, सुर्खेत, रुकुम जिल्लाका खेलाडीहरुको समेत सहभागिता रहको छ । खुल्ला वडास्तरिय भलिबल प्रतियोगितामा २१ वटा भलिबल टिमले सहभागिता जनाएका छन् । भलिबल खेल सकिए पश्चात् २७ गते साँस्कृतिक कार्यक्रम हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।
साँस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको उपस्थिति हुनेछ भने स्थानीय झाँकी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दको प्रमुख आतिथ्यता तथा प्रेम नारायण बि.क. को सभाध्यक्षतामा उद्घाटन भएको अतिथिहरु कुमाख गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपक चन्द, इलाका प्रहरी कार्यालय रागेचाैरका इन्चार्ज शशीराम ओली, राष्ट्रिय रेफ्री द्रोण प्रकाश चन्द लगायतको उपस्थिति रहेको थियो ।

भलिबल प्रतियोगिताका लागि प्रथम पुरस्कार ७१ हजार १ सय ११, द्वितीय पुरस्कार ५१ हजार १ सय ११, तृतीय पुरस्कार ३१ हजार १ सय ११ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ सहित ट्रफि, मेडर र प्रमाणपत्र रहेको प्रचारप्रसार संयोजक शंकर बि.क. तिवारीले जानकारी दिएका छन ।
कार्यक्रम मंसिर २७ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस