बसको ठक्करबाट सल्यानकी सृजनाको मृत्यु

पुष ९, दाङ ।

दाङमा बसले माेटरसाइकललाई ठक्कर दिदा एक किशोरीकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानकाे छत्रेश्वरी गाउँपालिका – १ दमाचौर कर्ने गाउँकी  १९ वर्षिय सृजना शर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

शुक्रबार अपरान्ह ४ बजेतिर तुलसीपुरबाट घाेराही जाँदै गरेको रा १ ख २३७५ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा माेटरसाइकलकाे पछाडि सवार सृजनाकाे मृत्यु भएको थियाे ।

घोराही तुलसीपुर सडक खण्ड अन्तरगत पर्ने घोराही उपमहानगरपालिका – १६ सर्रा नजिकै दुर्घटना भएको थियो ।

मोटरसाइकल चालक दंगीशरण गाउँपालिका – ७ का १७ वर्षीय क्रिश खड्का भने  घाइते भएको र उनकाे राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ ।

बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिइएको छ । उनी ज्ञानज्याेती माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत थिइन्।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस