
आइतवार,पुष १०, सल्यान ।
गत पुष ८ गते सवारी दुर्घटनामा परेर मृत्यु भएका चेतना उधेमी सहकारी संस्था लिमिटेड सल्यान सल्लीबजारका प्रबन्धक दैलेख गुराँस गाउँपालिका स्थायी घर भइ हाल कोहलपुर निवासी रमेश चन्द ठकुरीको न्यायको माग गर्दै सल्यानको सल्लीबजार लगाएत स्थानमा आफन्तिले सवारी आवतजावत बन्द गराएका छन ।
शुक्रबार दिउँसो सल्लीबजार देखि काेहलपुर जाने क्रममै हरे भन्दा २ किमि अगाडि माेडमा बसलाइ ओभरटेक गर्ने क्रममै साे बसकाे ठक्करबाट घटना स्थलमै उनको मृत्यु भएको थियोे ।
बसले ठक्कर दिएपछि वाइक अनियन्त्रीत भइ सडक छेउमा पल्टिएपछि बसकाे पछाडिका टायरले टाउको हुदै कुम तर्फको भाग किचेकाे थियोे ।
गाडि धनिले क्षतिपुर्ती दिन आनाकानी गरेपछि पिडित परिवारले न्यायका निम्ति सबै पक्षसँग अनुरोध गर्दै आफ्नो कुरा कुनैले नसुने पछि वाध्यतावस सडक आन्दोलन गर्न वाध्य भएको जानकारी दिएका छन ।
यसका साथै आज रत्न राजमार्ग हुदै छिन्चु जाजरकोट, सुर्खेत नेपालगञ्ज सडक खण्ड अनिश्चितकालीन बन्द गरिएको छ । मृतकका आफन्त,गाडि धनी र प्रशासन विच छिन्चुमा छलफलका विच कुरा नमिलेपछि सडक बन्द वाहेक अरु उपाय नरहेको मनाेज पोख्रेलले जानकारी दिए ।
ठकुरीकाे शव मेहलकुना अस्पताल सुर्खेतमा राखिएको छ । शव समेत आफ्न्तले बुझेका छैनन् ।