पाल्पामा टिप्परले च्यापेर सह चालकको मृत्यु

पुष ११, पाल्पा । पाल्पामा टिप्परले च्यापेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान साढे ५ बजे निस्दी ७ ज्यामिरेको पिपेन्डीस्थित सर्वोत्तम सिमेन्टको खानीबाट चुनढुंगा लोड गरेर राखेको टिप्पर अचानक गुडेको थियो ।

त्यो टिप्परले हावा भर्न रोकेको टिप्परका सहचालक सुर्खेतका चिनगाड गाउँपालिकाका २७ वर्षीय जीतबहादुर चलाउनेलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।सहचालक चलाउनेको दुवै टिप्परको बीचमा च्याप्पिएर निधन भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस