
पुष १३, सल्यान। सल्यानमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका – ६ रानागाउँकी ५० वर्षीया कमला डाँगीको भीरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार दिउँसो ३:०० बजेतिर घरबाट घाँसदाउरा गर्न नजिकैको खोरबारे जंगलमा गएको बेला डाँगी लडेकी थिइन् ।
उनी सडकदेखि २०० सय मिटर तल खसेकी थिइन् । जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार