
पाैष १३, सल्यान ।
सल्यानकाे श्रीनगरमा आजदेखि सुरु भएकाे महाेत्सवकाे विभिन्न सांस्कृतिक झाँकीहरुकाे र्याली सहित आज उद्घाटन गरिएकाे छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा संचालन भएकाे महाेत्सवकाे उद्घाटनकाे दिन आज सल्यानका विभिन्न माैलिक नाचहरु (मयुर, बनगाडी टप्पा, पैसेरू)काे झाँकी प्रदर्शनी सहित महाेत्सवकाे उद्घाटन गरिएकाे हाे ।
उद्घाटन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेश प्रकाश सिंहले याे महाेत्सवले समग्र सल्यान र कर्णालीकाे कृषि, पशु तथा घरेलु उत्पादित बस्तुहरुकाे बजारिकरण र प्रचारप्रसारमा उल्लेखनीय भुमिका हुने बताए । उनले कला सांस्कृति र घरेलु उत्पादित बस्तुहरुकाे प्रवर्द्धन गर्न पनि सबैलाइ आग्रह गरेका छन् ।
कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, कपुरकाेट गाउँपालिका अध्यक्ष दुर्गा पुन, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य लगायत विभिन्न संघ संस्था तथा कार्यालयका प्रमुखहरुले मन्तव्य राखेका थिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष प्रेम डाँगीकाे सभाअध्यक्षता र उपाध्यक्ष सुमननाथ याेगीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे संचालन महासचिव मनबिर बस्नेतले गरेका थिए ।
भाेलि हुने सांस्कृतिक कार्यक्रममा चर्चित लाेक दाेहाेरी गायक गाेपाल नेपाल जिएमकाे प्रस्तुती रहने आयाेजकले जनाएकाे छ ।