
पुष १५, लिवाङ । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सल्यानबाट प्यूठानको स्वर्गदवारीतर्फ जाँदै गरेको रा ४ प ४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोल्पाको रुन्टीगढी गाउँपालिका होलेरीको पुरानो बजार नजिकै बिहीबार साझ दुर्घटना भएको थियो
दुर्घटनामा परी घाइते हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका– १ दमाचौरमा बस्ने मोटरसाइकल चालक २९ वर्षीय नविन चन्द र पछाडि सवार २८ वर्षीय तिलक केसी रहेका छन् ।
घाइते दुवैलाई उद्धार गरी स्वास्थ्य केन्द्र होलेरीमा प्राथमिक उपचारपछि थप उपाचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
मोटरसाइकल अनियन्त्रित भई सडकदेखि १०० मिटर तल खसेको थियो । घाइते दुवैको टाउको र विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको हो
प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार