सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ । आज (आइतबार) सरकारले लिने विश्वासको मत र प्रदेश सरकारको नेतृत्वको सहमतिका लागि उक्त बैठक बस्न लागेको प्रमुख सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहीँ पुष महिनाको २६ गते संसदमा विश्वासको मत लिने भएका छन् ।

बैठकमा विश्वासको मत लिने तथा प्रदेश सरकारको गठनबारे छलफल हुने बताइएको छ । कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा सहमति जुटाउने प्रयास गरिने स्रोत बताउँछ ।

विश्वासको मत लिनु अगाडि नै प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटाउनुपर्ने दबावमा प्रधानमन्त्रीलाई छ । स्रोतका अनुसार सातवटै प्रदेशमा प्याकेजमा सहमति खोज्ने प्रयास आजको बैठकमा हुनेछ ।

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस